• लुम्बिनी प्रदेश सरकार

    कृषि तथा भूमि व्यवस्था मन्त्रालय

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

    लिवाङ, रोल्पा


    योजना
  • कृषि, कृषि उत्पादन, कृषि औद्योगिकरण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, कार्यविधि, निर्देशिका निर्माण एवं यससँग सम्बन्धित योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने ।
  • कृषि क्षेत्रको पूर्वाधार विकास, कृषि तालिम, अध्ययन, अनुसन्धान, क्षमता विकास, कृषि उपजको न्यूनतम मूल्य समर्थन , कृषि बीमा सम्बन्धी कार्य गर्ने गराउने ।
  • पशुपन्छी सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, निर्देशिका कार्यविधि निर्माण गर्ने ।
  • स्वस्थ एवं व्यावसायिक पशुपन्छी उत्पादनका लागि रोग नियन्त्रण र नश्ल सुधार, बजार विकास तथा विस्तार, अध्ययन अनुसन्धान, तालिम एवं क्षमता विकास सम्बन्धी कार्य गर्ने गराउने ।
  • प्रादेशिक खाद्य सुरक्षा एवं पोषण अधिकार, खाद्य सम्प्रभुता र खाद्य गुणस्तर निर्धारण सम्बन्धी कार्य गर्ने गराउने ।
  • भूमि व्यवस्थापन, भूमि प्रशासन र जग्गा नापजाँच, भूमिसुधार, भू-उपयोग, गुठी तथा गुठी जग्गा व्यवस्थापन, भूमिहिन सुकुम्बासी, दलित आदि वर्गको बसोबास, जिविकोपार्जन, र पुनःस्थापना, सरकारी जग्गा भाडामा दिने, सुरक्षीत बसोबास सम्बन्धी प्रादेशिक नीति कानुन तथा मापदण्डको तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने गराउने ।
  • सहकारी सम्बन्धी प्रादेशिक नीति, कानुन, योजना तथा मापदण्ड निर्माण एवं कार्यान्वयन र नियमन गर्ने ।
  • गरिवी निवारण सम्बन्धी प्रादेशिक नीति, कानुन, योजना तथा मापदण्ड निर्माण एवं कार्यान्वयन र नियमन गर्ने ।
  • © 2024 Copyright : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लिवाङ, रोल्पा
    Last Updated: 2080/06/10
    Developed By: Ninja Infosys Pvt. Ltd.