आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरि परम्परागत कृषिमा आधारित प्रणालीमा सुधार ल्याई निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे कृषि विकासले मूलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले आ.व. २०३३/२०३४ सालमा जिल्ला पशु कार्यालयको स्थापनासँगै देशमा संघीयता कार्यान्वयन पश्चात ५ नम्वर प्रदेश सरकार अन्तरगत वि.स. २०७५ साल भाद्र २६ गते रोल्पा जिल्ला कार्य क्षेत्र कायम गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , रोल्पाको स्थापना भएको हो ।